इटालीमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २५० पुग्यो
इटालीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।
राजधानी रोमनजिक रहेको पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पका कारण ३६८ जना घाइते भएका छन् । हराइरहेकाहरुको खोजी भइरहेको छ । भग्नावशेषमा पुरिएका केहीको भने जिवितै उद्धार गरिएको छ । भग्नावशेषबाट १७ घण्टापछि एक आठ वर्षीया बालिकालाई जिवितै उद्धार गरिएको छ । मध्य इटालीमा निकै वर्ष पुराना घरहरु भत्किएका छन् । अमाट्रिसे शहरको आधा भाग पूर्णरुपमा ध्वस्त भएको छ भने अकुमोली शहरमा पनि थुप्रै घर भत्किएको छ ।
१० किलोमिटर मात्रै गहिराईमा गएको भूकम्पका कारण पेरुगिए शहरको आधा भाग नै ध्वस्त भएको बताइएको छ । इटालीमा सन् २००९ मा गएको ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा परी ३ सय भन्दा बढीको मृत्यु भएको थियो ।