बंगलादेशमा २२ जनाको हत्यामा संलग्न आक्रमणकारीको मृत्यु


Bangladeshबंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा २२ जनाको हत्यामा संलग्न मुख्य आक्रमणकारी तमिम चौधरी प्रहरी कारवाहीमा मारिएका छन् ।

उक्त आक्रमणका मास्टरमाइण्ड चौधरीसँगै अरु तीन जना शंकास्पद लडाकु पनि मारिएको प्रहरीले जनाएको छ । चौधरी सन् २०१३ मा क्यानडाबाट बंगलादेश फर्किएका थिए । बंगलादेश कै इतिहासमा भयानक मानिएको उक्त क्याफे आक्रमणका क्रममा आक्रमणकारीले १२ घण्टासम्म क्याफेमा रहेकाहरुलाई बन्धक बनाएका थिए । पछि प्रहरी कारवाहीमा ६ जना बन्दुकधारी मारिएका थिए भने एक जनालाई पक्राउ परेका थिए । इ

स्लामिक अतिवादी समुह आईएसले आक्रमणको जिम्मेवारी लिए पनि बंगलादेश सरकारले आक्रमणमा प्रतिबन्धित जमायेतुल मुजाहिद्धिन बंगलादेशको संलग्नता रहेको जिकीर गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?