नासाले पठाएको जुनो पहिलो पटक वृहस्पति ग्रह नजिक पुग्यो


Nasaअमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहमा पठाएको उपग्रह जुनो पहिलो पटक ग्रहको नजिक पुगेको छ ।

जुनो उपग्रह बृहस्पति ग्रहभन्दा ४२ सय किलोमिटर परबाट गएको नासाले जनाएको छ ।

गत जुलाईमा जुनो उपग्रहले बृहस्पति ग्रहलाई परिक्रमा गर्न सुरु गरेको थियो । शनिवार जुनो बृहस्पति ग्रहको सबैभन्दा नजिक पुगेको र यसभन्दा अघि कुनै पनि उपग्रह बृहस्पति ग्रहनजिक नपुगेको वैज्ञानिकको भनाइ छ ।

सबै उपकरण तथा क्यामरासहित बृहस्पति ग्रहको नजिक पुगेको जुनोले खिचेका बृहस्पति ग्रहको केही नयाँ तस्वीर एक दुई दिनमै सर्वाजनिक गरिने पनि नासाले जनाएको छ ।

तस्विर अहिलेसम्मकै उच्च क्षमताका रहेको नासका वैज्ञानिकको दावी छ । पहिलो पटक बृहस्पति ग्रहको बादलको तस्वीर जुनोले लिएको हो ।

पाँच वर्ष अघि नासाले छाडेको जुनोले गत जुलाई पाँचदेखि बृहस्पति ग्रहलाई परिक्रमा गर्न थालेको थियो ।

हाइड्रोजन र हिलियम ग्यासले भरिएको पृथ्वीभन्दा ११ गुणा ठूलो बृहस्पति ग्रहले सूर्यलाई परिक्रमा गर्न १२ वर्ष लगाउँछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?