सिरियाको दराया शहर सरकारको नियन्त्रणमा, हतियार बुझाएर विद्रोहीले शहर छाडे


Siriaविद्रोहीको कब्जामा रहेको सिरियाको दराया शहर फेरि सरकारले नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि जमाएको अखडा विद्रोहीले छाडेपछि शहर सरकारी सेनाको नियन्त्रणमा आएको हो ।

शहर छाड्नुअघि विद्रोहीले हतियारसमेत बुझाएको बताइएको छ । यसअघि दमस्कस शहर पनि सरकारले नियन्त्रणमा लिएको थियो ।

यसैबीच सिरियाको एलोप्पो शहरमा गराइएको बम बिस्फोटमा परी १५ जना मारिएका छन् । सहायता सामग्री पाउन नसकिरहेको एलोप्पोका जनता भने मारमा परेका छन् ।

सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत स्टेफन द मिस्तुराले भने मानवीय सामग्री पु¥याउनका लागि प्रयास जारी राखेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?