प्रवक्ता नै मारिएपछि आइएसलाई भयो ठूलो क्षति
सिरियामा भएको आक्रमणमा इस्लामिक अतिवादी समूह आईएसका प्रवक्ता मारिएका छन् ।
सिरियाको एलेप्पो शहरमा भइरहेको सैन्य हमलाको जवाफी कारबाहीमा अबु मोहमद अल अदनानी मारिएका हुन् । अदनानी आईएसका लागि प्रभावशाली नेता मानिन्थे ।
गत मे मा सिरियाबाट भिडियो सन्देश प्रवाह गर्दै अदनानीले पश्चिमा राष्ट्रहरुमाथि आक्रमण गर्न मुस्लिम समुदायलाई अपील गरेका थिए । युरोपलगायत अन्य मुलुकमा गरिएका आक्रमणको मुख्य योजनाकार अदनानीलाई मानिएको छ ।
सिरियाकै नागरिक अदनानी सन् २००३ मा इराकमा भएको अमेरिकी हमलामा अमेरिकाको विरोध गर्ने पहिलो विदेशी लडाकु थिए । उनको मृत्युले आईएसलाई ठूलो धक्का लागेको छ ।