उत्तर कोरियाले एक मन्त्रीलाई मृत्युदण्ड दिएको दक्षिण कोरियाको दाबी


North_Koreaउत्तर कोरियाले एक मन्त्रीलाई मृत्युदण्ड दिएको दक्षिण कोरियाका सरकारी अधिकारीले बताएका छन् ।

उत्तर कोारियाले गत महिना शिक्षा मन्त्री किम योङ जिनलाई मृत्युदण्ड दिएको दक्षिण कोरियाको मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दक्षिण कोरियाका अधिकारीले यसबारेको जानकारी कसरी प्राप्त गरेको भन्ने खुलाएका छैनन् ।

गत मेमा उत्तर कोरियाको सेनाका प्रमुखलाई मृत्युदण्ड दिएको खबर आएको थियो । तर उनी पछि एक सार्वजनिक कार्यक्रममा सहभागी भएको देखिएको थियो ।

सेना प्रमुख रि योङ गिललाई फेब्रुअरीमा मृत्युदण्ड दिएको खबर मेमा सार्वजनिक भएको थियो । तर उनी पछि उत्तर कोरियाको पार्टी कंग्रेसमा सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?