उसेन बोल्ट र मो फराहको अन्तिम दौड हेर्ने १० लाखको इच्छा


Boltसंसारकै तीब्र धावक उसेन बोल्ट र मध्यदुरीका च्याम्पियन मो फराहको अन्तिम दौड हेर्न १० लाख दर्शकले टिकटको निवेदन दिएका छन् ।

९ वटा ओलम्पिक स्वर्ण जितेका जमैकाका उसेन बोल्ट र लन्डन तथा रियो ओलम्पिकमा गरी लगातार ४स्वर्ण जितेका मो फराह आउँदो वर्ष अन्तिम पल्ट ट्रयाकमा देखा पर्दैछन् । उनीहरू लन्डनमा आयोजना हुने विश्व च्याम्पियनसिपमा भाग लिएपछि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट संन्यास लिँदैछन् ।

३० वर्षिय बोल्टले रियोमा स्वर्णको ‘ट्रिपल–ट्रिपल’ गरेपछि ओलम्पिक खेलबाट संन्यास लिएका थिए । फराहले पनि ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए । उनी सन् २०१७ पछि आफ्नो नियमित स्पर्धा छोडेर म्याराथनमा केन्द्रित हुँदैछन् ।

आयोजकहरूले दिएको जानकारी अनुसार विश्व च्याम्पियनसिपका लागि ७ लाख टिकटको व्यवस्था गरिएको छ । तर, यि दुई स्टार खेलाडीको दौड हेर्न १० लाख ४७ हजार टिकट उपलब्ध गराइदिन अनुरोधसहित निवेदन दर्ता भएको छ । अझ, बोल्टको सय मिटर दौडको फाइनल हेर्न मात्र २ लाख व्यक्तिले टिकट उपलब्ध गराउन आग्रह गरेका छन् । च्याम्पियनसिप आयोजना हुने लन्डनको क्विन्स एलिजावेथ ओलम्पिक पार्क इङ्लिस प्रिमियर लिग क्लब वेष्ट हामको घरेलु मैदान हो । यसको दर्शक क्षमता ५० हजार रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?