सेक्स भिडियो बनाउने पूर्व मन्त्री पक्राउ


Sandip_Kumarभारतको दिल्ली सरकारबाट बर्खास्त गरिएका पूर्वमन्त्री सन्दीप कुमारलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व मन्त्री कुमारलाई अदालत पेश गर्ने तयारी छ ।

सन्दीप कुमारविरुद्ध जम्मा गरिएका प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ । सन्दीप कुमार विरुद्ध एक महिलाले बलात्कार गरेको भन्दै दिल्लीको सुल्तानपुरी प्रहरी चौकीमा आरोप दर्ता गराएकी समाचार संस्था पिटिआईले जनाएको छ ।

सन्दीप कुमार आम आदमी पार्टीको दिल्ली सरकारमा महला कल्याण मन्त्री थिए । मुख्यमन्त्री अरबिन्द केजरिवालले बुधबार अबेर राति उनलाई मन्त्रीबाट बर्खास्त गर्नु भएको थियो ।

मुख्यमन्त्री केजरिवालले सन्दीप कुमार एक सेक्स टेपमा देखिएपछि उनलाई बर्खास्त गर्नुभएको हो । केजरिवालले एक सिडी आफ्नो हात लागेको बताउनुभएको थियो । सिडीमा सन्दीप कुमार दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिएका छन् ।

उनी विरुद्ध आरोप दर्ता गराएकी महिलाले सन्दीप कुमारले आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताएकी छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?