उत्तर कोरियाबाट पुनः तीन वटा व्यालेस्टिक मिसाइल परीक्षण
उत्तर कोरियाले तीन वटा व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तरले आफ्नो पूर्वी समुद्री तटिय क्षेत्रको पानीमा मिसाइल परीक्षण गरेको छिमेकी दक्षिण कोरियाले जनाएको छ ।
मिसाइलको प्रकार र तिनीहरुको मारक दूरी र क्षमताबारे भने कुनै सुचना प्राप्त हुन नसकेको दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले जनाएको छ ।
चीनमा जी ट्वान्टीको बैठकमा विश्व नेताहरुले भाग लिइरहेका बेला उत्तरले पछिल्लो मिसायल परिक्षण गरेको हो ।
संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई आणविक परीक्षण वा ब्यालेष्टिक मिसाइल परीक्षणमा रोक लगाए पनि उसले यसलाई टेरेको छैन । पछिल्लो समय उत्तरले मिसाइल परीक्षणमा अझै तिब्रता दिएको छ ।