सिरियाको एलेप्पोका केही क्षेत्र पुनः सरकारी सेनाको नियन्त्रणमा


Aleppoसिरियाको ऐतिहासिक शहर एलेप्पोका केही क्षेत्र सरकारी सेनाले फेरि आफ्नो नियन्त्रणमा लिएको छ ।

गत महिना विद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण कायम गरेको हो । विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी जिल्लामा सेनाले घेराबन्दी गरेको पर्यवेक्षकले बताएका छन् ।

सरकारी सेनाले विद्रोहीका दुई अखडा नियन्त्रणमा लिएका छन् । यस्तै विद्रोहीले आवश्यक सामग्री ल्याउने लाइन पनि सरकारी सेनाले काटिदिएको छ । सरकारी सेनालाई सिरियाली तथा रुसी लडाकु विमानले साथ दिएका छन् ।

एलेप्पोको विद्रोही नियन्त्रित क्षेत्रमा झण्डै साढे दुई लाख मानिसको बसोबास छ ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?