अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबाट रुसी राष्ट्रपतिको प्रशंसा
अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक सच्चा नेता भएको बताउनुभएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसले अस्थिरताको बीउ रोपेको आरोप लगाएको केही घण्टामा नै ट्रम्पले रुसको बचाउ गर्दै भ्लादिमीर पुटिन सच्चा र क्षमतावान नेता भएको प्रतिक्रिया दिनुभएको हो ।
भ्लादिमीर पुटिनका कारण रुस बलियो भएको ट्रम्पको भनाइ छ । साथै ट्रम्पले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको इमेल घोटालालाई राष्ट्रपति ओबामाले लुकाउन खोजेको आरोप लगाउँदै ओबामाकै कारण देशमा अस्थिरता सिर्जना भएको जिकीर गर्नुभयो ।