फ्रान्समा सञ्चालित केबलकारमा ४५ यात्रु फसे


cable-carफ्रान्सको अल्पस पहाडमा सञ्चालित केबल कार बिग्रँदा ४५ यात्रु फसेका छन् ।

१२ हजार फिट उचाइमा रहेको केवलकारका तार तेज हावाका कारण आपसमा अल्झिएर बिग्रँदा ती यात्रु फसेका हुन् ।

१ सय १० यात्रु सवार केवल कारमा रहेका ६५ जनालाई भने हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

उद्धारका लागि इटली र स्वीडेनका उद्धार टोली र तीन वटा हेलिकोप्टर परिचालन गरिएको छ । रातको समयमा भएको घटनाका कारण उद्धार कार्यमा कठिनाई भएको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?