उडिरहेका दर्जनौँ चरा एक्कासी मृत र बिरामी अवस्थामा सडकमा खसे


birdsअमेरिकाको बोस्टन सहरमाथि उडिरहेका दर्जनौँ चरा एक्कासी बोस्टनको सडकमा खसेपछि म्यासेचुसेटस्का स्वास्थ्य अधिकारीले यसबारे अनुसन्धान अघि बढाएका छन् ।
कालो रङ लामो पुच्छर भएका ४७ वटा ग्याकल नामका चरा बोस्टन नजिकै डोरचेस्टर इलाकामा बिहीबार आकाशबाट खसेका भेटिएको थियो । तिनीहरुमध्ये केही मृत भेटिएका थिए भने केही बिरामी थिए ।
बोस्टनको एनिमल रेस्क्यु लिगले आफ्नो छिमेकमा चराहरु एक्कासी बिरामी परेर खसेको बताएपछि र उक्त स्थानमा एउटा बिरालो पनि बिरामी भएको पाइएपछि त्यहाँ गएर घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।
मृत भेटिएका चरालाई परीक्षणका लागि टफ्टस विश्वविद्यालयको प्रयोगशालामा पठाइएको छ । रासस/एपी
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?