उत्तर कोरियाबाट छैठौं परमाणु परीक्षणको तयारी, प्योङयाङमै आक्रमण गर्ने दक्षिण कोरियाको चेतावनी
पाँचौं परमाणु परीक्षण गरी थप विवादमा परेको उत्तर कोरियाले छैठौं परमाणु परीक्षणको तयारी गरेको छ ।
उत्तर कोरियाको समाचार एजेन्सी योन्हापका अनुसार यसका लागि उत्तर कोरिया पूर्णरुपमा तयारी अवस्थामा छ ।
उत्तर कोरियाले आणविक परीक्षणका लागि तीन वटा सुरुङ निर्माण गरेकोमा दुई सुरुङको प्रयोग गरिसकेको छ भने एक सुरुङको प्रयोग हालसम्म नगरेको र छैठौ परीक्षण सोही सुरुङमार्फत गर्ने तयारी गरेको बताइएको छ ।
यता दक्षिण कोरियाले भने उत्तरले कुनै पनि आणविक परमाणु परीक्षण गरे राजधानी प्योङयाङमा आक्रमण गर्ने चेतावनी दिएको छ । पाँचौं परमाणु परीक्षणपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले थप नाकाबन्दी लगाउने तयारी गरिसकेको छ भने अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने बिषयमा गम्भीर छलफल भइरहेको जनाएको छ ।