पारा ओलम्पिकको पदक तालिकामा चीनको अग्रता कायमै


para_olympicब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ ।

कुल ५० स्वर्ण पदकसहित चीन शीर्ष स्थानमा रहँदा २८ स्वर्ण पदक जितेको बेलायतले दोस्रो स्थानमा पछ्याइरहेको छ ।

तेस्रो स्थानमा रहेको युक्रेनले २२ स्वर्ण पदक जितेको छ । यसैगरी १६ स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ भने आयोजक ब्राजिलले ९ स्वर्ण पदक जितेको छ ।

पारा ओलम्पिकमा हालसम्म ५३ देशले स्वर्ण पदक जित्दा कुल ७५ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?