भूकम्पले क्षतिग्रस्त दशरथ रंगशालाको सफाइ


rangashalaभूकम्पले क्षतिग्रस्त काठमाडौंको दशरथ रंगशालाको शुक्रबार सरसफाइ गरिएको

भुकम्पले क्षति पुगेपछि प्रयोग नगरिएको रंगशालामा उम्रिएको झारले झाडीको रुप लिएपछि शुक्रबार सरसफाइ गरिएको हो नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला झाडीमय बनेको खबर सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्र आबद्ध अनेरास्ववियु क्रान्तिकारीले सरसफाइ कार्यक्रम राखेको हो

अनेरास्ववियु क्रान्तिकारीले माओवादी केन्द्रका नेता पोष्ट बहादुर बोगटीको स्मृति दिवसको अवसर पारेर राखेको सरसफाइ कार्यक्रममा युवा तथा खेलकुद्मन्त्री दलजीत विक श्रीपाली, राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, परिषद्का कर्मचारी, विद्यार्थी सहित एक सयभन्दा बढी सहभागी थिए परिषद्का सदस्यसचिव विष्टले भुकम्पले क्षति पुगेका कारण ठेकेदारमार्फत रंगशालाको पुनर्निमाण भइरहेको प्रयोगमा नआएको रंगशालामा झार उम्रिनुलाई गलत रुपमा प्रचार गर्न नहुने बताउनुभयो

सफाइका क्रममा युवा तथा खेलकुद्मन्त्री दलजीत विक श्रीपालीले खेल क्षेत्रमा रहेको सबै फोहोर हटाउने बताउनुभयो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?