न्याभको बाल दिवस सम्पन, बालबालिकाले स्टेजमा दिए आफ्नो प्रस्तुति


नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको आयोजनामा आईतबार कोबर्ग टाउन हलमा न्याभ बाल दिवस २०१६ सम्पन्न भएको छ । बालप्रतिभाहरुले आफ्नो ट्यालेन्ट शो गरेको उक्त कार्यक्रम हरेक वर्ष आयोजना हुने गर्दछ । न्याभले बाल दिवसलाई बालबालिकाहरुमा नेपाली भाषा, संस्कृतिको उत्थानप्रति चेतना जगाउनका लागि आयोजना गर्दछ । न्याभ बाल चौतारी, हाम्रो नेपाली पाठशालाबाट पनि बालबालिकाहरु कार्यक्रममा उपस्थित थिए । balकार्यक्रममा प्रमुख अतिथिको रुपमा मोरल्याण्ड काउन्सिलकी मेयर समान्था रत्नम् थिइन् भने भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन आईसीसी अध्यक्ष शेष घले, एनआरएन पूर्वअध्यक्ष महेन्द्र ओली, एनआरएन उपाध्यक्ष केशव कँडेल अतिथिका रुपमा उपस्थित हुनुहुन्थयो । उक्त अवसरमा बोल्दै मेयर रत्नमले नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम निकै महत्वपूर्ण रहेको भन्दै न्याभलाई बधाई ज्ञापन गरेकी थिइन् । यसैगरी एनआरएन अध्यक्ष घलेले आजका बालबालिका भोलिको नेपाल र अष्ट्रेलियाका भविष्य भएको बताउँदै मोरल्याण्ड काउन्सिलमा भएको बाल दिवसको सबैलाई शुभकामना दिएका थिए ।bal1 महावाणिज्यदूत योञ्जनले मोरल्याण्ड नेपालीहरुका लागि ऐतिहासिक थलो भएको बताउँदै आफ्नो भाषा, संस्कृतिप्रतिको माया जगाउन कार्यक्रम सफल भएको बताएका थिए । कार्यक्रममा बालबालिकाहरुले आकर्षक प्रस्तुति दिएका थिए भने दुबै देशका राष्ट्रिय गीत पनि गाएका थिए । बालबालिकाहरुबीचको ट्यालेन्ट शोको निर्णायक प्रमुख अिितथ रत्नम र न्याभका पूर्वअध्यक्ष रञ्जन वैद्य थिए । न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले कार्यक्रम सम्पन्न गर्नका लागि खटिन् पदाधिकारीलगायत स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?