अष्ट्रेलियाका तीन शहरमा नेपाल महोत्सवको तयारी, कन्दरा व्याण्डका साथ सुगम पोखरेल, अञ्जु पन्त आउने


एनआरएन अष्ट्रेलियाले गर्न लागेको नेपाल महोत्सव सिड्नी, ब्रिसबेन र मेलबर्नमा यो वर्ष हुने भएको छ । तीन शहरमा यस वर्ष नेपाल महोत्सव आयोजना हुनेछ । अष्ट्रेलियाका अन्य शहरमा पनि नेपाल प्रबद्र्धनको कार्यक्रम गर्ने तयारी एनआरएनको छ । हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना गरिन्छ । nepal-festival-finalएनआरएनले तय गरेको कार्यक्रम अनुसार यस पटक नेपाल महोत्सवमा आफ्नो प्रस्तुति लिएर कन्दरा व्याण्डका साथै गायक सुगम पोखरेल र गायिका अञ्जु पन्त सहभागी हुनेछन् । महोत्सवको सुरुवात ब्रिसबेनबाट हुनेछ । ब्रिसबेनको किंग जर्ज स्क्वायरमा गरिने महोत्सवमा नेपाली कला, संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनेछ । यसका साथै परम्परागत खानाका स्टलहरु पनि राखिनेछ । यस लगत्तै २६ नोभेम्बरमा सिड्नीमा नेपाल महोत्सव गरिनेछ । अष्ट्रेलियाभरिमै सबैभन्दा बढी सहभागी रहने अपेक्षा गरिएको सिड्नीको महोत्सव सदाझैं डार्लिंग हार्बरमा आयोजना हुनेछ । सिड्नीमा ५० हजारभन्दा बढीले महोत्सवमा सहभागिता जनाउने अपेक्षा एनआरएनको छ । यसैगरी मेलबर्नमा डिसेम्बर १७ तारिख फेडरेशन स्क्वायरमा नेपाल महोत्सव आयोजना गरिनेछ । अहिले महोत्सवका लागि विभिन्न तयारी तिव्रगतिमा भइरहेको छ । मुख्यतः सांस्कृतिक परेड, खानाका स्टलहरु, सांस्कृतिक कार्यक्रम, नेपाली व्यवसाय प्रबद्र्धन लगायतका गतिविधि यसक्रममा हुनेछन् । यसअघि नेपथ्य व्याण्ड आउने तय भएपनि विभिन्न कारणले कन्दरा व्याण्ड ल्याउने निर्णय भएको हो । यससँगै सुगम र अञ्जु पन्तले पनि थप मनोरञ्जन प्रदान गर्नेछन् । नेपालबाट आउने कलाकारका साथै स्थानीय प्रतिभाहरुको लागि आफ्नो प्रस्तुति हजारौं दर्शकमाझ पस्कने यो उचित अवसर बन्ने गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?