मेलबर्नमा रमेश श्रेष्ठको मृत्युपछि फेसबुकमा अयो यस्तो मेसेज, शव सोमबार नेपाल पठाईदै


गत शनिबार भिक्टोरियाको ग्रिन्सबरुस्थित सडकमा ज्यान गुमाएका नेपाली युवक रमेश श्रेष्ठले आत्महत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार शव बुझ्नका लागि मेलबर्न आएका श्रेष्ठका आफन्तलाई प्रहरीले यस्तो जानकारी दिएको हो । घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र अन्य थप अनुसन्धानका आधारमा प्रहरी श्रेष्ठले आत्महत्या गरेको निक्र्यौलमा पुगेको हो । प्रत्यक्षदर्शीहरुले जनाए अनुसार श्रेष्ठ सडकको बीचमा उभिएका थिए । rameshत्यसैबखत आएको तीव्रगतिको गाडीको अगाडि उनी हाम्फालेका थिए । श्रेष्ठको परिवारका सदस्य अष्ट्रेलियामा नभएकोले नजिकका आफन्त अनन्त केसीको रोहवरमा शव जिम्मा लगाइएको थियो । भिक्टोरिया रोड एक्सीडेन्ट ईन्स्योरेन्सले कभर गर्ने भएकोले आफन्तजनको स्वीकृतिपछि शवलाई नेपाल पठाउने व्यवस्था भएको एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले एमएनटीभीलाई जानकारी दिए । रमेशका साथीभाईले उनको मृत्यु शंकास्पद भएको बताएका थिए । उनी आफ्नो मोबाइल र गाडी घरमा नै छोडेर गत शनिबार विहानै निस्किएका थिए । करिब २ः३० बजे भएको यो घटनाअघि श्रेष्ठले साथीको गाडीलाई आफ्नो काम गर्ने ठाउँ ग्रिन्सबारुस्थित एक पेट्रोल पम्पमा रोकेका थिए । त्यसपछि सडकमा निस्किएका उनले आत्महत्याको बाटो रोजेका थिए । उनले फेसबुक च्याटबाट एकजना युवतीलाई माफ गरिदिन लेखेका थिए ।

१५ सेप्टेम्बर बिहीबार राति ११ः२३ बजे उनले फेसबुक च्याटमा यस्तो लेखेपनि उनकी ति साथीले कुनै जवाफ दिएकी थिइनन् । उनले शनिबार दिउँसो आत्महत्या गरिसकेका थिए । oli_new_bannerयसपछि सोमबबार मात्र ति युवतिले यस्तो मेसेज रमेशको फेसबुक च्याटमा पठाएकी छिन्, “Dont be sorry. Just be peaceful. im so sorry i wasnt there for you. I cant even begin to imagine what was happening for you. But the pain now is horrible. I didn’t even say good bye. Im so sorry you felt that was your only option. I miss you so much. I have so much i want to tell you. But you will never be able to know. Its not fair that you had to leave. Xxx” एक नेपाली युवाको अकालमै ज्यान गएको यो घटनाले यतिबेला मेलबर्नको नेपाली समूदाय आश्चर्यचकित बनेको छ । हामीले व्यक्तिगत गोप्यताका कारण रमेशको फेसबुक मेसेन्जरमा सन्देश पठाउने युवतीको परिचय खुलाएका छैनौं । नेपालमा रमेशको घर कोटेश्वरमा हो भने उनी मेलबर्नमा गत सात वाषर्् अघि आएका थिए । यति लामो समयमा पनि उनी एक पटक पनि नेपाल पुगेका थिएनन् ।

 

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?