राजनीतिक दलका नेतामा वाह्य शक्तिमुखी प्रवृत्ति देखिएको नारायणकाजी श्रेष्ठको आरोप


narayankajiनेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजनीतिक दल र तीनका नेतामा वाह्य शक्तिमुखी प्रवृत्ति देखिएको आरोप लगाउनुभएको छ ।

राजधानीमा आइतबार गरिएको एक कार्यक्रममका नेता श्रेष्ठले नेपाली जनताले आफूलाई सार्वभौमसत्ता सम्पन्न बनाउन र त्यसको अभ्यास गर्न र संविधानसभाबाट बन्ने संविधानलाई संस्थागत गर्न ठूलो संघर्ष गरे पनि नेताहरुमा वाह्य शक्तिमुखी प्रवृत्ति देखिएको बताउनुभएको हो । उहाँले जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल र नेताहरुले जनतामा निहीत सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्ने सामथ्र्य र क्षमता देखाउन नसकेको दाबी गर्नुभयो ।

नेता श्रेष्ठले नेपालका राजनीतिक दलहरुले बाह्य हस्तक्षेप स्वीकार गर्ने र कतिपय बेला आमन्त्रण गर्ने प्रवृत्ति देखिएको भन्दै यसले नेपाललाई एकताबद्ध र समृद्धिको दिशा लैजान नसक्ने दाबी गर्नुभयो । यसमा सबै राजनीतिक दलका नेताहरु गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

नेता श्रेष्ठले बाह्य शक्तिमुखी प्रवृत्ति अन्त्य गर्नु र बाह्य हस्तक्षेप अस्वीकार गर्नु नै अहिलेको पहिलो आवश्यकता भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?