हाम्रो कलेजको तेश्रो वार्षिक एवार्ड कार्यक्रम सम्पन्न, ७५ जनालाई एवार्ड र प्रमाणपत्र


नेपालीहरुले सञ्चालन गरेको हाम्रो कलेजको नामले सिड्नीमा चर्चित हाम्रो ईन्ष्टिच्युट अफ विजनेश टेक्नोलोजीले तेश्रो वार्षिक एवार्ड कार्यक्रम  सम्पन्न गरेको छ । hamro-collegeसिड्नीको एभरेष्ट तन्दूरी रेष्टुरेन्टमा गत २४ सेप्टेम्बरका दिन आयोजना गरिएको कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत एवं सञ्चालक दिपक खनालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सबैलाई स्वागत गर्नुभयो । उहाँले कार्यक्रममा आउनुभएका समूदायका अगुवाहरु, विद्यार्थी, अभिभावक लगायत सबै अतिथिहरुलाई अहिलेसम्मको साथका लागि धन्यवाद दिनुभएको थियो । उक्त अवसरमा कलेजको अध्ययन विभागका निर्देशक जगदिश तिमल्सिनाले हाम्रो कलेजको प्रमुख उद्देश्य गुणस्तरीय शिक्षा भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुले पनि कलेजमा नियमित उपस्थित हुने र अन्य दिइएका कार्यहरु समयमै सकेर यो उद्देश्य प्राप्तिमा सहयोग गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । कलेजले उक्त अवसरमा आफ्ना कर्मचारी, समूदायका सदस्यहरुलाई प्रमाणपत्र र एवार्डले सम्मानित गरेको थियो । hamro-college1उनीहरुले गरेको योगदानको उच्च कदर गर्दै कलेजको वार्षिक कार्यक्रममा एकाउन्ट र विजनेश डिपार्टमेन्टतर्फ बेष्ट स्टुडेन्ट अफ द ईयर उपाधि पनि प्रदान गरिएको थियो । हाम्रो कलेजले अहिले विजनेश र एकाउन्टिंगका सर्टिफिकेट फोरदेखि एडभान्स डिप्लोमा लेभलसम्म पढाई गर्दै आएको छ । छिट्टै नै आईटी र नेतृत्वविकास र व्यवस्थापनका अन्य कोर्ष पनि सञ्चालन गर्दैछ । हाम्रो कलेजले आफ्ना विद्यार्थीहरुका माझ नियमित रुपमा खेलकुद, सांस्कृतिक गतिविधि लगायत सञ्चालन गरिरहेको छ । यस्ता विभिन्नखाले प्रतिस्पर्धाहरुमा सहभागी विद्यार्थी र कलेजका कर्मचारीमध्येबाट विजयी र सहभागीसहित ७५ जनालाई प्रमाणपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमको औपचारिक कार्यक्रमपछि विभिन्न सांस्कृतिक प्रस्तुति पनि थिए । जसमा हाँस्यव्यंग्य, नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमका संयोजक डा. रविशर्मा पौडेल हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?