सिड्नीको ग्रानभिलमा दशैं तिहार साँझ २०१६ सम्पन्न


नेपालीहरुको घना आवादी रहेको सिड्नीको ग्रानभिल क्षेत्रमा दशैं तिहार कार्यक्रम सम्पन्न भएको छ । ग्रान्भिल नेपाली कम्युनिटी क्लव ग्रान्भिलद्वारा आयोजना गरिएको यस बर्षको दशैं तिहार साँझ २०१६ कार्यक्रम गत शनिबार ग्रान्भिल टाउन हलमा सांस्कृतिक कार्यक्रमका साथ सफलतापुर्वक सम्पन्न भएको हो ।dashain-2 हरेक वर्ष ग्रान्भिलमा बसोबास गर्दै आएका नेपालीहरु एकै ठाउँमा भेला भई एक आपसमा शुभकामना साटासाट गर्दछन् । क्लबका बर्तमान अध्यक्ष राम रुवालीका अनुसार कार्यक्रमको सुरुवात पण्डित प्रकाश ढोदारीद्वारा माता दुर्गा भवनीको पूजाबाट सुरुवात गरिएको थियो । यस लगत्तै नेपाली शब्दमाला भाषा स्कुलका बालबालिकाहरुले लेकका हामी केटाकेटी बोलको बालगीत र दुबै देशको राष्ट्रिय गानबाट कार्यक्रम अघि बढाएका थिए । कार्यक्रमको उद्घाटन नेपाली समूदायका अगुवा ध्रुव सुवेदीले पानसमा बत्ती बालेर गर्नुभएको थियो । यस्तै नेपाली समूदायका अगुवा  गोवा कटुवालले सफलतापूर्वक कार्यक्रम आयोजना गरेकोमा क्लबको कार्यसमितिका सबै सदस्यलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा एनआरउन उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेल पनि अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै अध्यक्ष राम रुवलीले सन् १९९९ देखिको ग्रानभिलको दशैंतिहार शुभकामना साँझको परम्परालाई निरन्तरता दिइएको र आगामी दिनमा यसलाई अझ सिर्जनात्मक बनाउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको अर्को आकर्षणको रुपमा नवीन रानाको २६ रन व्याण्डको लाईभ प्रस्तुति थियो । उपस्थितहरुमध्येबाट लक्की ड्रबाट तीन जनालाई पुरस्कृत गरिएको थियो । जसमा स्थानीय लिसा रुवालीले लक्की ड् छानेकी थिइन् । लक्की ड्रबाट संस्थापक अध्यक्ष प्रकाश सापकोटाले मोबाइल फोन जितेका थिए भने, दोश्रो पुरस्कार साडी शंकर गुरुंगले हात पार्न सफल भए । तेश्रो पुरस्कारको रुपमा थर्ड आई बारले दिएको डिनर फोर कपल क्लबका पूर्वअध्यक्ष समिन्द्र श्रेष्ठले जितेका थिए । कार्यक्रमको उद्घोषण नृत्य निर्देशक भीमसेन गुरुङ र जिना केसीले गरेका थिए । कार्यक्रमका केही तस्वीरहरु, तस्वीर : डाईनामिक मिडिया

dashain-3 dashain-4 dashain-5 dashain1

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?