महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग पराजित
आइसीसी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको छ ।
आइतबार हङकङमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा सबै विकेट गुमाएर ७७ रनमात्रै बनाउन सक्यो । निर्मलाकुमारी शाहीले १८, रुबिना क्षेत्रीले १२ तथा रश्मी चौलागाईंले ११ रन बनाइन् ।
७८ रनको विजयी लक्ष्य हङकङकले २१ बल खेल्न बाँकी छँदै १६ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । निर्मलाकुमारी शाहीले २ तथा करुणा भण्डारीले १ विकेट लिइन् ।
आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलहरु आइतबारदेखि सुरु भएका हुन् । एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ ।
दोस्रो खेलमा नेपालले सोमबार थाइल्याण्डसंग खेल्दैछ । समूहका प्रत्येक टोलीले एक–अर्कासँग २–२ खेल खेल्नेछन् । हङकङमा जारी एसियाली समूहको छनोट प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डले चीनलाई ७५ रनले हरायो ।