विश्वकप महिला छनोट क्रिकेटको दोस्रो चरणको खेलमा बिहीबार नेपालले हङकङको सामना गर्ने
हङकङमा जारी एसियाली क्षेत्रको विश्वकप महिला छनोट क्रिकेटको दोस्रो चरणको खेलमा नेपालले बिहीबार आयोजक हङकङसँग खेल्दैछ । नेपालले खेल्न लागेको यो चौथो खेल हो ।
पहिलो खेलमा हङकङसँग पराजित भइसकेको नेपाल दबाबमा छ । यो खेलमा पराजित भए नेपालको विश्वकप छनोटको अर्को चरण प्रवेशको सम्भावना लगभग सकिने छ ।
नेपालले अहिलेसम्म खेलेका तीन खेलमा हङकङ र थाइल्याण्डसँग हार बेहोर्दा चीनलाई मात्र हराएको छ । सम्भावना जिवितै राख्न पनि नेपाललाई जित्नैपर्ने दबाब छ । हङकङविरुद्धको खेल बिहीबार नेपाली समय अनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ ।
एसियाली क्षेत्रका चार टोलीले आपसमा दुई–दुई खेल खेल्नेछन् । नेपालले एक जित हासिल गर्दा थाइल्याण्डले तीन वटै खेल जितेको छ । त्यसैगरी हङकङले दुई खेल जितेको छ ।