भीमसेन सापकोटाले बाँडे सिड्नीवासीलाई ‘आर्ट अफ ह्यापिनेस’


सिड्नीको हर्ट्स्भिल स्थित सिभिक थिएटर पण्डित भीमसेन सापकोटाले सिड्नीवासी नेपालीलाई खुशी रहने सूत्रहरु सिकाएका छन् । ‘दि माइण्ड पावर सोसाइटि’ र ‘नाइफा’ सिड्नीले आयोजना गरेको कार्यक्रम पुर्वीय दर्शनको शान्ति पश्चिममा फैलाउने प्रयास रहेको आयोजकले जनाएका छन । bhimsenविश्व मानव समुदायलाई शान्ति र उत्प्रेरणाको सन्देश दिँदै हिंडेका अध्यात्मिक आचार्य राजन भीमसेन सापकोटाले उपस्थित दर्शकलाई सुखका सुत्रहरूबारे जानकारी गराएका थिए । उनले रोग निवारणका सहज योग आसनहरू, हांस्य चिकित्सा, तनाव व्यवस्थापनका सुत्रहरू प्रस्तुत गरेका थिए । कुण्डलिनी ध्यान योग तथा ध्यानका सुत्रहरू पनि उपस्थितलाई सिकाइएको थियो । ७५ वर्षका अस्ट्रेलियन नागरिकले समे तयोगका कारण आफ्नो जीवनमा आएको परिवर्तनबारे बताउँदा सबै उत्साही बनेका थिए । रोमान्चकता हांसो, सफल जीवनका लागि उत्प्रेरणाले भरिएको सो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव सहभगाीहरुको छ । भारत, अमेरिका, नेपाल, सिङ्गापुर, फिजी लगायतका देशमा ‘सुख सुत्रका कला ‘ यसअघि नै आयोजना गरिसकिएको छ । कार्यक्रममा न्यु साउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदुत दीपक खड्का प्रमुख अतिथि हुनुहुन्थ्यो भने गैरआवसिय नेपाली संघ एनआरएनका प्रवक्त्ता रन्जु थापा, एनआरएनआइसिसि सद्स्य केशव सापकोटा, एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष मन केसी अन्तर्राष्ट्रिय नेपाली समाज अस्ट्रेलियाका अध्यक्ष विनोद पौडेल, नेपाल टेलिभिजनका वरिष्ठ क्यामराम्यान सुदर्शन चित्रकार, पेन्सस नेपाली समुदायका हरी श्रेष्ठ, शम्भु पोख्रेल ,ॐ कार ध्वनी टेलिभिजन कार्यक्रमका मुकुन्द शर्मा, नाइफाका अध्यक्ष सागर अधिकारी लगायतको उपस्थितिमा सकारात्मकताको प्रचार बढाउनुपर्ने बताएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?