अष्ट्रेलियाको संसदमा नेपाल डेस्क बनाउन एमाले महासचिवको प्रस्ताव


अष्ट्रेलिया भ्रमणमा रहनुभएका पूर्वउपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेलले अष्ट्रेलियाको संसदमा नेपाल सम्बन्धी हेर्ने नेपाल डेस्क बनाउन प्रस्ताव गर्नुभएको छ । mational-copy-copyसोमबार क्यानबेरामा भएको राजनीतिक भेटघाटका क्रममा उहाँले यो विषय उठाउनुभएको हो । प्रतिपक्षी लेबर पार्टीका अध्यक्षदेखि राष्ट्रिय सचिवसम्मको भेटका क्रमका एमाले महासचिव पोखरेलले नेपालमा पनि अष्ट्रेलिया डेस्क निर्माण गर्ने र यस्तो डेस्कले दुई देशबीचको लगानी, व्यापार प्रबद्र्धन र आपसी हितका अन्य विषयवस्तुमा विशेष चासो दिने प्रस्ताव गर्नुभएको हो । 0u2a7774-copyसोमबार महासचिव पोखरेलले अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका राष्ट्रिय अध्यक्ष मार्क बुट्लरसँग उहाँकै कार्यकक्षमा भेट गर्नुभएको थियो । उक्त भेटका अवसरमा नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध, दुई पार्टीबीच आगामी दिनमा बढाउने राजनीतिक सम्बन्धसहितका विषयमा कुराकानी भएको थियो । यसैगरी भेटका क्रममा नेपालमा गएको भूकम्पपछिको पुननिर्माणको विषयमा अध्यक्ष बुट्लरले जिज्ञासा राख्नुभएको थियो । 0u2a7793-copyप्रवासी नेपाली मञ्च अष्ट्रेलियाको निमन्त्रणमा आउनुभएका महासचिव पोखरेलसँगै एमालेका अर्का नेता एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल पनि भेटघाटमा सहभागी हुनुभएको थियो । पूर्व पर्यटनमन्त्री पोखरेलले पर्यटन प्रबद्र्धनमा पनि अष्ट्रेलियाको सहयोग अपेक्षा गरिएको बताउनुभयो । भेटमा अष्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत राजेन्द्र पाण्डे, नेपालबाट आउनुभएका रविन्द्रपुरुष ढकाल र चेतनाथ अधिकारी, सिड्नीबाट भ्रमण टोलीमा रहनुभएका नेपाली समूदायका अगुवा गोवा कटुवाल, भरत पन्त, प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डे र पूर्वअध्यक्ष विनोद श्रेष्ठका साथै एमएनटीभीका न्यूसाउथवेल्स संयोजक सुमन सिवाकोटी पनि सहभागी हुनुहुन्थ्यो । 0u2a7855-copyक्यानबेरामा महासचिव पोखरेलले छायाँ अर्थमन्त्री क्रिश बोवेन, छायाँ रक्षामन्त्री रिचर्ड मार्लेस, छायाँ क्षेत्रीय विकासमन्त्री एन्टोनी अल्बान्से, छाायाँ अर्थमन्त्रालयका उपमन्त्री माट थिस्टेलईथ्वाईटेसँग भेट गर्नुभएको थियो । यी भेटमा पनि आपसी हितका विषयमा कुराकानी भएको भ्रमण दलमा रहनुभएका प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले बताउनुभयो ।
अष्ट्रेलियन लेबर पार्टीका नेशनल सेक्रेटरी नोह क्यारोलसँगको भेटमा एमाले र लेबर पार्टीको बीचमा पार्टीगत सम्बन्ध स्थापित गर्ने विषयमा छलफल भएको थियो । 0u2a7834-copy“यही भेटबाट नै यसको शुभारम्भ भयो र यसलाई निरन्तर अघि बढाऔं” भन्ने प्रतिक्रिया क्यारोलको थियो । यस विषयलाई आआफ्नो पार्टीमा औपचारिक रुपमा प्रवेश गराउने सहमति भएको छ । यसैबीच क्यानबेरा भ्रमणमा रहनुभएका एमाले महासचिवको सम्मानमा लेबर पार्टीका न्यू साउथवेल्स सिनेटर शाम डेष्टियारीले दिवा भोज दिनुभएको थियो । भ्रमण टोलीले क्यानबेरास्थित संसद भवनको प्रश्नोत्तर सेसनको पनि अवलोकन गरेको थियो । भ्रमणका थप तस्वीर हाम्रो फेसबुक पेजमा हेर्नुहोला ।
Web-ad_RGIT_SVP_Final

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?