रमाइलो साँझ तिहारको माझ सार्क होटलमा आईतबार हुँदै, सन्दिप क्षेत्रीको कमेडीका साथ गीत संगीतको मज्जा पनि


सिड्नीमा तिहारको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रम रमाइलो साँझ तिहारको माझका विषयमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । ausnepसिड्नीको रकडेलस्थित थर्ड आई एण्ड बारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रममा आफ्नो प्रस्तुति दिने कलाकारहरु हाँस्यविधाका सन्दिप क्षेत्री, गायनका धर्मेन्द्र सेवान, राजकुमार गोश्वामी र श्रेया सोतांगले आफुहरु देशको सिमानाबाट टाढा भएका नेपालीहरुलाई तिहारको माझमा नेपाली गीत संगीतको माध्यमबाट मनोरञ्जन दिन आइपुगेको बताएका थिए । पत्रकारहरुको जिज्ञासामा जवाफ दिँदै हाँस्य कलाकार सन्दिप क्षेत्रीले समय अनुसार अघि बढ्नुपर्ने अन्यथा दर्शक श्रोताले नै उनीहरुको मूल्यांकनका आधारमा पाखा लगाइदिने बताएका थिए । मुख्यतः युवाहरुलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रम सिड्नी सिटीस्थित होटल सार्कको स्पेश बारमा साँझ ६ बजेदेखि ११ बजेसम्म आयोजना गरिनेछ भने यसपछि आफ्टर पार्टी भन्दै डिजे सुशीलले नचाउनेछन् । पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक असनेपाल ईभेन्टसका सल्लाहकार भिष्म भण्डारीले युवाहरुको साझमा सदैव रहने भन्दै यस किसिमका कार्यक्रमको आयोजनाबाट नेपाली समूदायलाई जोड्न विशेष मद्दत पुग्ने बताएका थिए । उक्त अवसरमा कार्यक्रम आयोजक संस्थाका प्रवक्ता खगेन्द्र सत्यालले कार्यक्रममा सहभागिताका लागि आह्वान गर्नुभयो । २३ अक्टोबरका दिन आयोजना गरिने यस कार्यक्रममा प्रवेश गर्नका लागि १८ वर्षभन्दा माथि भएको परिचय खुल्ने परिचयपत्र देखाउन अनिवार्य गरिएको छ ।

– खगेन्द्र सत्याल

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?