तिहारमा पड्काउन ल्याइएका अवैद्य पटका नष्ट


patakaभारतबाट नेपालतर्फ अवैधरुपमा ल्याईंदै गरेको पटाका जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणपछि नष्ट गरेको छ ।

कैलालीसँग सीमानाका जोडिएका हसुलिया, फूलवारी, धनगढीलगायतका स्थानबाट नियन्त्रणमा लिइएको ठूलो परिणामको पटाकालाई जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सेती अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद शर्मा घिमिरेलगायतको उपस्थितिमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

तिहार नजिकिएसँगै भारतसँग सीमानाका जोडिएका स्थानबाट अवैध रुपमा पटाका नेपाल भित्र्याउन थालिएको छ । भारतबाट पटका ल्याउन प्रतिबन्ध लगाइएको छ । तर लुकिछिकी ल्याइने पटका नियन्त्रणमा लिएर नष्ट गर्न आफूहरुले सक्रियता बढाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?