प्रधानसेनापति महिला फुटबलमा आयोजक आर्मीको शानदार शुरुआत, पूर्वाञ्चल ६–० ले पराजित
आयोजक त्रिभुवन आर्मी क्लबले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।
ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुक्रबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले पूर्वाञ्चललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलमा आर्मीकी कृष्णा खत्री एक्लैले ४ गोल गरिन् भने शर्मिला थापामगर र दीपा अधिकारीले १–१ गोल गरे । जितसँगै आर्मी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसँगै पाँच विकास क्षेत्रका टोलीहरु तथा भारतको विहार र सिक्किमका राज्यस्तरका टोली गरी कुल १० टोली सहभागी छन् ।
कात्तिक २४ गतेसम्म चल्ने प्रतियोगिता ‘नकआउट’का आधारमा सन्चालन भएको हो ।