रौतहटमा प्रहरी र अज्ञात हतियारधारी समूहबीच गोली हानाहान, एक जनाको मृत्यु, एक प्रहरी घाइते


rautahat_gunरौतहटका प्रहरी र अज्ञात हतियारधारी समूहबीच भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ । गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।

तस्करी हुँदै गरेको सूचना पाएर गएको मध्यक्षेत्रीय प्रहरी कार्यालय हटौंडाको टोली र अज्ञात समुहबीच रौतहटको देबाही–८ स्थित लालबकैया खोलाको बाँधमा गोली हानाहान भएको हो । मृत्यु हुनेमा ४४ बर्षिय भारतीय नागरीक तेजीलाल शाह रहेका छन् । गोली हानाहानमा प्रहरी जवान सुरेन्द्र चौधरी घाईते भएका छन । उनको खुट्टामा गोलीको छर्रा लागेको छ । घाइते चौधरीको जिल्ला अस्पताल गौरमा उपचार हुन नसकेपछि हेटौंडास्थित चुरेहिल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले एक थान ईन्सान राईफल र त्यसमा लाग्ने १५ राउण्ड गोली, ईटालियन पेस्तोल एक थान र नलकटुवा पेस्तोल एक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनापछि प्रहरीले सबै नाका र सम्भाव्यस्थलमा खोजी तिब्र पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?