पूर्वाञ्चलमा हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा, विराटनगरको सहिद रंगशालाको स्तरोन्नतिको काम हुँदै
पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा परेको छ ।
खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण सातौं राष्ट्रिय खेलकुद प्रतीयोगिता अझै अन्योलमा परेको हो । मंसिर ८ गतेदेखि सुरु हुने भनिएको सो खेल स्थगित भइसके पनि नयाँ मिति तय भएको छैन ।
खेलकुद आयोजना गर्नका लागि सरकारले २३ करोड रुपैयाँ बजेट छुट्याएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुने मुख्य ठाउँ विराटनगरको सहिद रंगशाला हो । सो रंगशालाको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
हरेक दुई वर्षमा हुनपर्ने राष्ट्रिय प्रतियोगिता २०६८ सालमा धनगढीमा भएको थियो ।
त्यसपछि पूर्वाञ्चलमा हुने भएको सो खेलकुद प्रतियोगिताको मिति पटकपटक तय हुँदै स्थगित हँुदै आएको थियो । तर सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पर्क कार्यालयका प्रमुख लवभक्त श्रेष्ठले मंसिरभित्रै प्रतियोगिता आयोजना हुने बताउनुभयो ।