मेलबर्नको नेपाल महोत्सवबाट सन्तुष्ट भएँ : अरुण चित्रकार


मेलबर्नमा गत शनिबार आयोजना गरिएको नेपाल महोत्सवमा दर्शकहरुको उपस्थिति र नेपाली कला र संस्कृतिबारेको अभिरुचिले आफु सन्तुष्ट भएको चित्रकार ग्यालरीका अरुण चित्रकारले बताएका छन् । महोत्सवमा नेपाली चित्रकला, काष्ठकला र मुकुण्डो लगायतका सामग्रीहरु प्रदर्शन र बिक्रीमा राखेका चित्रकारले दर्शकहरु1m9a9960को चासो अभिरुचिका कारण आफुलाई सन्तुष्टि मिलेको बताएका हुन् । एमएनटीभीसँग कुरा गर्दै उनले भने, “नेपाली मात्र होइन विदेशीले पनि हाम्रो मुखुण्डो, नेपालका विभिन्न ठाउँको चित्रकलालाई मन पराए । केही बिक्री पनि भयो । यो भन्दा पनि ठूलो कुरा त नेपाल गएर फर्किसकेका उनीहरुले मेलबर्नमै यस्तो सामान किन्न पाइन्छ भन्ने थाहा पाउँदा निकै खुशी लागेको बताए ।” चित्रकार ग्यालरी सञ्चालन गरिरहेका उनी अगाडि भन्छन्, “हामी चार जना व्यक्तिहरु स्टलमा बसेका थियौं त्यहाँ महोत्सवका प्रमुख अतिथि नेपालका पर्यटन मन्त्री जीवनबहादुर शाही, भिक्टोरियाका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अध्यक्ष शेष घले पनि आउनुभयो । उहाँहरुले अभिरुचिपूर्वक स्टलको अवलोकन गर्नुभयो ।” 1m9a9911चित्रकार ग्यालरीको स्टलमा मेलबर्नबासी नेपालीले नेपालको मौलिक कलाको प्रबद्र्धन गरेको भन्दै हौसला दिएका चित्रकारले बताए । “एडिलेडमा पनि मार्चमा नेपाल महोत्सव हुँदै रहेछ, हामीलाई त्यहाँका अवैतनिक महावाणिज्यदूत दिपक धमलाले त्यहाँ पनि यस्तै खालको स्टल राख्ने निम्तो दिनुभएको छ । समग्रमा हामी यस पटकको नेपाल महोत्सवमा दर्शकहरुको उपस्थिति र चासोबाट अत्यन्तै उत्साही भएका छौं ।” चित्रकारले भने ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?