पटाका बजारमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो


An aerial view shows the San Pablito fireworks market. REUTERS/Henry Romero

मेक्सिकोको सवै भन्दा ठूलो पटाका बजारमा भएको विस्फोटमा परी मृत्युहुनेहरुको संख्या शनिबारसम्म ३६ पुगेको छ । ती मध्ये एक महिलाको शरिर ९० प्रतिशत जलेको छ । स्थानीय समयानुसार मङ्गलबार अपराह्न २ः५० बजे भएको विस्फोटमा परी २६ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको थियो ।

An aerial view shows the San Pablito fireworks market. REUTERS/Henry Romero
An aerial view shows the San Pablito fireworks market. REUTERS/Henry Romero

बाँकी १० जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि सो सङ्खया ३६ पुगेको अधिकारीहरले जानकारी दिएका छन् । घटनामा परी घाइते भएका मध्ये अरु ६० जनाको अवस्था पनि गम्भीर रहेको उनीहरुले बताएका छन् । घाइते भएका मध्ये २१ जना भने उपचारपछि घर फर्किएका छन् । नयाँ बर्ष मनाउनका लागि सामान किन्न उपभोक्ताहरुको अत्याधिक भिड लागेको बेला विस्फोट भएको बताइएको छ । नयाँबर्ष र क्रिसमसको अवसरमा ल्याटिन अमेरिकी धेरै देशहरुमा धेरै पटाका पड्काउने गरिन्छ । अग्नी नियन्त्रण दलमा सदस्यहरुको तीन घण्टासम्मको प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?