सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन, नवराज साउद प्रथम


एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा नेपाली सेनाका नवराज साउद प्रथम हुनुभएको छ । भूपू खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आज भएको सो प्रतियोगितामा  प्रथम हुनुभएका साउदले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घन्टा ३४ मिनेट २४ सेकेन्डमा पार गरी प्रथम हुनुभएको हो । उहाँले रु ६० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली सेनाकै लालबहादुर थापाले दुई घन्टा ३४ मिनेट ५७ सेकेन्ड, सेनाकै ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ३६ मिनेट चार सेकेन्ड र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरीले दुई घन्टा ३७ मिनेट ३ सेकेन्डमा सो दूरी पार गरी क्रमशः द्धितीय, तृतीय र चतुर्थ पुरस्कार प्राप्त गर्नुभएको छ । द्धितीयले रु ४० हजार, तृतीय रु २५ हजार र चतुर्थ हुनेले रु चार हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

यस्तै  पाँच किलोमिटर पुरुष दौडमा महेन्द्र राजभण्डारी, गौरव सुवेदी र प्रज्जवल राई प्रथम, द्धितीय र तृतीय हुनुभएको छ, भने महिलातर्पm ललिता लामिछाने, अस्मिता मगर, श्रृष्टि चौधरीले  क्रमशः प्रथम द्धितीय र तृतीय भई क्रमशः रु सात हजार, रु पाँच हजार र रु। तीन हजार  नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

यसरी नै ह्विल चियर पुरुषतर्पm सुरेश गौली प्रथम, भरत अधिकारी द्धितीय र धु्रव न्यौपाने तृतीयभई क्रमशः रु तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

सो प्रतियोगिताको म्याराथनमा एक विदेशीसहित १७०, पाँच किलोमिटर पुरुषमा १२५०, महिलामा ८६०, ह्विल चियर पुरुषमा १६ र महिलामा सातजना तथा रनफर फनमा १५६० धावकले भाग लिएका छन् ।

प्रतियोगिताका विजयी धावकलाई लक्ष्मी ग्रुपका कार्यकारी प्रमुख गणेशबहादुर श्रेष्ठ, नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेल, चलचित्रकर्मी चेतन कार्की र विभोर सोसाइटी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख सुशील पराजुलीले  संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?