भीएनसीए सुपर सिक्सको उपाधि मेलबर्न राईनोजलाई, गोर्खाली क्लब फाईनलमा पराजित


भर्खरै गठन भएको भिक्टोरिया नेप्लीज क्रिकेट एशोसिएसनको आयोजनामा जिलोंगमा सम्पन्न भएको सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि मेलबर्न राईनोजले जितेको छ । फाईनल प्रतिस्पर्धामा गोर्खाली क्लबलाई पराजित गर्दै मेलबर्न राइनोजले उपाधि उचालेको हो । ६ वटा टिम सहभागी भएको प्रतियोगितामा बेष्ट बलरको उपाधि गोर्खाली क्रिकेट क्लबका किरण कँडेलले पाएभने बेष्ट व्याट्सम्यान गोर्खालीकै अनिल खनाल बने । प्रतियोगितामा मेलबर्न राइनोज, गोर्खाली क्लबका साथै हिमालय हुरिकेन्स, मेलबर्न टाइटन्स, सगरमाथा रेनेगेट्स, सगरमाथा स्टार्स सहभागी थिए । प्रतियोगितापछि भीएनसीएका अभिषेक केसीले भिकटोरियामा रहेका क्रिकेट खेलाडीहरुलाई निरन्तर अभ्यासको अवसर प्रदान गर्नका लागि प्रतियोगिता गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् । केसी भन्छन्, “स्थानीय प्रतियोगिताहरुमा जानका लागि पनि खेलाडीहरुले धेरै अभ्यास गर्नुपर्ने आवश्यकता छ । तर, नेपाली समूदायको तर्फबाट सीमित प्रतियोगिता मात्रै आयोजना हुँदा खेलाडीहरुको दक्षता अभिबृद्धि हुन नसकिरहेको अवस्थामा एशोसिएसनको स्थापना गरी क्रिकेटको माध्यमबाट नेपाली समूदायलाई बहुसांस्कृतिक भिक्टोरियामा परिचित गराउने लक्ष्य हामीले लिएका छौं ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?