विमानस्थलमा सुनकाण्डपछि डलर काण्ड, ९३ हजार डलरसहित पाईलट पक्राउ


नेपालको विमानस्थलमा जे पनि हुनसक्छ भन्ने कुराको अर्को पुष्टि आईतबार भएको छ । आईतबार राति नेपाल एयरलाईन्सको विमानबाट काठमाडौंदेखि दुबईसम्म जान लागेका यात्रुहरु केहीबेर रोकिनु पर्यो । कारण यसका पाईलट ९३ हजार डलरसहित पक्राउ परिसकेका थिए । नेपाल एयरलाईन्सका पाईलट अवैध डलरसहित पक्राउ परेपछि उनको ठाउँमा अर्को पाईलटको व्यवस्था गर्न केही समय लागेको थियो । प्रहरीले दिएको जानकारी अनुसार नेपाल एयरलाईन्सका क्याप्टेन सुवर्ण अवाले विमानस्थलबाट विमानमा जान लाग्दा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि निज अवालेलाई मध्यरात २ बजे गौशाला प्रहरीमा ल्याएको थियो भने थप अनुसन्धान यतिबेला चलिरहेको छ । अवाललाई पक्राउ गरिएपछि उक्त विमानलाई महेशमान डंगोलले उडाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?