किन ढिला भइरहेछ मतगणना ? यस्तो छ कारणहरु
स्थानीय निकायको निर्वाचनमा जुन उत्साह देखिएको थियो पछिल्लो समयमा मतगणनामा देखिएको ढिलाईले त्यो उत्साहलाई केही कम गराएको छ । निर्वाचन आयोगले मतपत्र चाहिने भन्दा ठूलो साईजमा छापेका कारण एकातिर यसलाई सुरक्षित तवरमा खोल्न र गणना गर्न कठिन भएको छ ।
अर्कोतर्फ, विभिन्न निर्वाचन क्षेत्रहरुमा स्थानीय नेताहरुको अवरोधका कारण पनि चुनावको नतिजा छिटो आउन सकिरहेको छैन । निर्वाचन आयोगले भने सोमबारको स्थितिलाई मध्यनजर गर्दै आजबाट जनशक्ति थप गरेर भएपनि धेरै ठाउँको परिणाम बुधबारभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका सचिव गोपी मैनालीले विभिन्न महानगरमा धेरैको चासो भएको, धेरै उम्मेद्वार रहेको र मतपत्र समेत फरक किसिमको भएकोले मतगणनामा समय लगेको छ । यसलाई छिटो गर्नका लागि हामीले जनशक्ति थप्ने तयारी गरेका छौं ।