यस्तो छ वास्तविकता अष्ट्रेलियाको मेलबर्नस्थित रोयल गुर्खाज कलेजको 


गएको २७ मे २०१७ को दिन एउटा न्यूज अष्ट्रेलियाका सञ्चारमाध्यममा आयो । ‘मेलबर्नमा सञ्चालित रोयल गुर्खाज ईन्ष्टिच्युट अफ टेक्नोलोजी डीरजिष्ट्रेसनको प्रक्रियामा’ । यसैलाई लिएर केही नेपाली डिजिटल मिडियाले कलेज बन्द भन्नेजस्तो समाचार सम्प्रेषण गरे । यद्यपि आफुहरुले चाहिनेभन्दा बढी समाचारलाई उत्तेजित बनाएको थाहा पाएपछि उनीहरुले त्यसलाई पछि सच्याए पनि । अहिलेसम्म पनि भेट कोर्षका नाममा विभिन्न विकृतिका साथ सञ्चालन भएका र यहीकारण बन्द भएका कलेज र रोयल गुर्खाज कलेजको प्रकरण एउटै हो कि भन्ने भान धेरैमा परेको पाइएको छ । तर, वास्तविकता भने निकै फरक छ । रोयल गुर्खाज कलेजको डीरजिष्ट्रेसन प्रक्रियामा गएको हो यद्यपि २८ दिनभित्र यो निर्णयका विरुद्ध पुनरावेदन गर्न पाइन्छ र कलेजले आफुहरु पुनरावेदनमा जाने बताइसकेको छ । पुनरावेदनमा गएको अवस्थामा एडीमिनष्ट्रेटिभ अपिल ट्रीब्युनल (एएटी)ले अघिल्लो निर्णयलाई तत्कालका लागि रोक लगाउनेछ । त्यसपछि सुरु हुन्छ अडिटमा औंल्याइएका कुराहरुलाई सच्याउने कार्य । कम्पनीका वकिल निक गलागासले एमएनटीभीसँग कुरा गर्दै एडीमिनष्ट्रेटिभ अपिल ट्रीब्युनल (एएटी) मा पुनर्विचारका लागि निवेदन दिन लागेको कुराको पुष्टि गरे । साथै उनले भने “कलेज खुल्ला नै रहनेछ ।” 
रोयल गुर्खाज कलेजका चिफ अपरेटिंग अफिसर जोनाथन ह्याम्प्टन भन्छन्, “आर्थिक हिनामिना गरेको र यसैका कारण कलेज बन्द भएको जस्ता हावादारी कुराहरु नेपाली मिडियामा आएको छ भन्ने मैले पनि सुनें । वास्तविकता त्यस्तो होइन । कलेजमा गरिने अडिटमा यहाँ उपलब्ध हुनेपर्ने सुविधाहरु लगायत विभिन्न संरचनाहरुको अध्ययन हुन्छ । यस्तो सुविधा र संरचना नभएकोलाई पनि सचेत गराउने पत्र सरकारी निकायले दिने गर्दछन् । त्यसलाई सुधार गरेपछि फेरि यथावत रुपमा सञ्चालन गर्ने अवसर पनि रहन्छ । हामीलाई पनि यहाँ पढ्न आउने विद्यार्थीहरुले वाचा गरिए अनुसारका सुविधा नपाएको विषय अडिटमा उठाइएको हो । आर्थिक हिनामिनाको कुरा आएकै छैन । अझ म प्रष्ट भन्न चाहन्छु यो सुविधा नपुगेको कुरा पनि हाम्रो सहकार्यमा रहेका अन्य पार्टनर ईन्ष्टिच्युटहरुको विषयमा उठेको हो ।” उनले अगाडि थपे, “अब के हुन्छ त ? धेरैको यो प्रश्न छ । म आश्वस्त पार्न चाहन्छु । हामीसँग रहेका सम्पूर्ण विद्यार्थीहरुको जिम्मा हामी लिन्छौं । उनीहरुको भविष्यको चिन्ता जति उनीहरुलाई छ त्यसभन्दा कम हामीलाई छैन । यसैकारण हामीले उनीहरुलाई धैर्यताका साथ रहन आग्रह गरेका छौं र मेलबर्न, तास्मानिया, सिड्नी, ब्रिसबेनमा विद्यार्थीहरुले सहयोग पनि गरिरहेको छ ।” रोयल गुर्खाज ईन्ष्टिच्युट अफ टेक्नोलोजीमा अध्यापन गराइरहेका शिक्षक डा. शिशिर मानन्धर पनि यथावत रुपमा शिक्षणको कार्य भइरहेको बताउँछन् । उनी भन्छन्, “नेपाली मिडियामा विभिन्नखाले अपुष्ट न्यूजहरु आएपछि केही नेपाली विद्यार्थी र शिक्षकहरुलाई तनाव त हुने नै भयो । तर, स्थिति यथावत चलिरहेको छ । कलेजले पुनरावेदनमा जाने बताएका कारण सबै आश्वस्त भएका छन् । यस्ता घटनामा अधिकांश केसहरु सकारात्मक नतिजाका साथ अघि बढेको विगत रहेछ । त्यसैले आँत्तिनुपर्ने मैले केही देखेको छैन ।”
डा. मानन्धरका अनुसार आरजीआईटीमा रहेका करिब १४ सय विद्यार्थीमध्ये नेपालीको संख्या ज्यादै न्यून छ । करिब २५ जना मात्रै । आरजीआईटीले ४५ भन्दा बढी नेपालीलाई त रोजगारी नै दिएको छ । यति धेरै नेपालीलाई रोजगारी दिने अर्को संस्था भेट्न मुश्किल नै पर्दछ । अझ आरजीआईटीले नेपाली समूदायमा गरेको योगदान हेर्ने हो भने यो उच्च छ । कलेजका संस्थापक एव्ं नेपाली समूदायका अग्रज चन्द्र योञ्जन भन्छन्, “हाम्रो योगदानलाई मूल्यांकन गर्नुको साटो प्रशासनिक रुपमा आएको केही समस्यालाई उछालेर जुन किसिमबाट मानमर्दन गर्ने कार्य भएको छ यसले पक्कै पनि राम्रो सन्देश दिएको छैन भन्ने हाम्रो ठम्याई हो । केही स्वघोषित डिजिटल माध्यमहरुले अपुष्ट र  उत्तेजित बनाउने खालका सामग्री दिएर समूदायमा गरेको योगदानलाई धुमिल बनाउने जुन चेष्टा गरेका छन् त्यो निन्दनीय छ ।” उनले भने ।
नेपालीहरुको बसोबासका हिसाबले सिड्नीपछिको ठूलो शहर मेलबर्नका अगुवामध्येका एक डा. महेश भण्डारी भन्छन्, “अष्ट्रेलियन मिडियाले दिएको समाचारको हवाला दिँदै नेपाली समूदायकै खेदो खन्ने कार्य अलि चित्तबुझ्दो छैन । गलत काम भएको छ भने त्यो बाहिर आउनुपर्छ तर त्यसैको नाममा कसैको मान मर्दन गर्ने र बढाईचढाई गरेर उनीहरुले नेपाली समूदायलाई दिएको योगदानको अवमूल्यन गर्ने कार्य मलाई चाहीँ त्यति राम्रो लागेन ।” उनी थप्छन्, “मेरो व्यक्तिगत विचारमा यस्तो बेला नेपाली समूदायले साथ, सहयोग र सहकार्यको लागि अघि आउनुपर्ने हो ।”
गुर्खाज ईन्ष्टिच्युट अफ टेक्नोलोजीले २६ मेका दिन प्रकाशित गरेको विज्ञप्तिमा धेरै कुरा प्रष्ट पारिएको छ । यस्तो छ विज्ञप्ति
GURKHAS INSTITUTE OF TECHNOLOGY PTY LTD
(t/a Royal Gurkhas Institute of Technology (RGIT) Australia)
Statement Regarding Recent Decision by ASQARoyal Gurkhas Institute of Technology (“RGIT”) was surprised and disappointed to be notified by ASQA earlier this week of its decision to cancel Royal Gurkhas Institute of Technology (“RGIT”)’s registration as a RTO, effective 27 June 2017. Royal Gurkhas Institute of Technology (“RGIT”) maintains it meets its legal obligations and it is a quality vocational training provider and RTO.
Royal Gurkhas Institute of Technology (“RGIT”) intends to apply to the Administrative Appeals Tribunal for review of ASQA’s decision and also to stay its operation pending the hearing and determination of its review application. Royal Gurkhas Institute of Technology (“RGIT”) has obtained legal advice and it strongly believes it is compliant with all its legal and other obligations. It looks forward to the opportunity to demonstrate it is not only compliant but that it delivers quality training across the wide range of courses it delivers and which it has successfully delivered to numerous students over many years.
Royal Gurkhas Institute of Technology (“RGIT”) advises that it remains registered. It is able to conduct its business as usual and will continue to teach its current student cohort. Its immediate focus is to achieve a positive outcome as soon as possible which will be in the best interests of its students and staff.
Updated information for students will be distributed in the coming days. In the meantime, Royal Gurkhas Institute of Technology (“RGIT”) invites any concerned students or any other parties to direct any questions to its head office via email at [email protected] or Telephone on 03 86399000 during business hours and we will response as soon as we are able.Jonathan Hampton
Chief Operating Officer
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?