क्यानबेरा नेप्लीज फुटबल क्लबको साधारणसभा सम्पन्न, अष्ट्रेलियाव्यापी प्रतियोगिता गर्ने


क्यानबेरा नेप्लीज फुटबल क्लबको साधारणसभा सम्पन्न  भएको छ । एनआरएन अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचन आयोगका राष्ट्रिय आयुक्त एवं नेपाली समूदायका अगुवा डा. कृष्ण हमाल र डीडी कँडेलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाले चुडामणि सापकोटाको नेतृत्वमा आशिष सापकोटा उपाध्यक्ष, सुनिलबाबु चापागाईं सचिव, यमन ज्ञवाली कोषाध्यक्ष र सदस्यहरु सूर्य शांखी, राहुल तामांगको छनोट गरेको छ । फुटबल क्लबको जनसम्पर्क अधिकृतमा सुरज पौडेल र प्रशिक्षकहरुमा दिपक हमाल, अभिनय रानालाई चयन गरेको छ । टिमको क्याप्टेनमा रोशन केसी र नवीन दाहाल नियुक्त भएका छन् । साधारणसभाको सुरुवातमा मैत्रीपूर्ण फुटबल खेल गरिएको थियो । उक्त अवसरमा बोलदै अतिथि कँडेलले युवाहरुलाई शारीरिक रुपमा स्वस्थ बनाउन र खेलको माध्यमबाट समाजलाई एकताबद्ध गर्न सदैव सहयोग गर्न तत्पर रहेको बताएका थिए । क्लबका नवनिर्वाचित अध्यक्ष सापकोटाले युवा विकासका लागि आफु सधैं क्रियाशील रहेको भन्दै आगामी दिनमा क्यानबेरामा अष्ट्रेलिायमा रहेका नेपाली फुटबल टोलीबीचको प्रतियोगिता आयोजना गर्ने सोचमा आफु रहेको बताएका थिए । क्लबको अध्यक्षको रुपमा दोश्रो कार्यकाल सम्हालेका सापकोटाले क्लबलाई अष्ट्रेलियाभर नै परिचित गराउने प्रयासमा आफु लागेको बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?