तीन नेपाली युवाहरुको मल्टिडायनामिक सिड्नीमा अघि बढ्दै, मेलबर्नमा पनि खुल्ने
तीन युवाहरु मेघराज पौडेल, विष्णुप्रभात सापकोटा र विजय पोलले ६ महिना अघि बहुआयामिक एउटा संस्थाको परिकल्पना साकार बनाए । उनीहरुले सुरु गरे मल्टिडायनामिक रियल स्टेट । सुरुवातमा सोच त धेरैको ठूलै हुन्छ । तर, जब उनीहरुले मात्र ६ महिनाको अवधिमा ६० वटा घर बिक्री गर्ने सफलता पाए अनि बल्ल यसको औपचारिक उद्घाटन भयो । एनआरएनका तत्कालीन अध्यक्ष सुरेन्द्र सिग्देलले नेपालीको यो कारोबारको शुभारम्भ गरे । नेपाली मात्र होइन, उनीहरुका ग्राहक अष्ट्रेलियामा रहने अन्य समूदायका व्यक्तिहरु पनि हुन् । त्यसैले त यतिबेला रियलस्टेटको विजनेसमा मल्टीडायनामिकले अर्को फड्को मार्दै आफ्नो कार्यालय मेलबर्नमा पनि खोल्ने तयारी गरेको छ ।
सुरेन्द्र सिग्देलको प्रमुख आतिथ्यमाभारतीय समूदायका अगुवा डा. यादु सिंहको बिशेष उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा ४सय भन्दा बढी सहभागी भए र उनीहरुलाई अगाडि बढ्ने हौसला प्रदान गरे । कम्पनीका प्रमुख मेघराज पौडेलका अनुसार यसले सिड्नीमा नयाँ तथा पुराना घर, जग्गा र अफ द प्लान का घर जग्गा बिक्रि गर्ने, भाडामा लगाउने काम गर्दछ। नेपालीले संचालनमा ल्याएको कम्पनि भए पनि यसले सबै समुदायको लागि सेवा प्रदान गर्ने कुरा कम्पनी का प्रोपर्टी म्यानेजर बिष्णु प्रभात बताउँछन् । अहिले जुनसुकै समुदायका मानिसले पनि नेपालीलाई लक्षित बनाएको मा आफु नेपाली नै भएर सेवा दिन पाउदा खुशी लागेको उनीहरुले बताए । अबाके एक वर्षभित्रमा ३०० वटा घर जग्गा बिक्रि गर्ने र १०० वटा भाडामा लगाउने लक्ष्य लिइएको अर्का सञ्चालक विजय पोल बताउछन। नेपालीहरुले अष्ट्रेलियामा विभिन्न पेशा र व्यवसायमा आफ्नो पहुँच बढाउने क्रमको अर्को कडी बन्न सफल बनेको मल्टी डायामिकमा युवाहरुको सोच र जोशले नयाँ उचाई लिने अपेक्षा गर्न सकिन्छ ।