कृषि मन्त्रालयका कर्मचारीद्धारा रु एक करोड २० लाख सहयोग


 

मुलुकभर बाढी र पहिरोबाट भएको क्षतिको उद्धार र राहतका लागि कृषि विकास मन्त्रालय मातहतका सबै कर्मचारीले आफ्नो तलबबाट रु एक करोड २० लाख सहयोग गरेका छन् । कृषिमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा आज भएको मन्त्रालय मातहतका सबै निकायका प्रमुखको बैठकले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ । जसअनुसार सचिवले पाँच दिन, सहसचिवले चार दिन, उपसचिव र अधिकृतले तीन दिन, नायव सुब्बा र खरिदारले दुई दिन तथा श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् । यसअघि मन्त्रालयले अविरल बाढी र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल राहत दिन उच्चस्तरीय समिति गठन गरी आवश्यक काम कारबाही अघि बढाइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?