साफ च्याम्पियनसिप शुक्रबारदेखि, सुरुमै बंगलादेश र श्रीलंका आमनेसामने


पन्ध्र वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५० च्याम्पियनसिप) अन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको उक्त प्रतियोगिताको फाइदा उठाउँदै आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षक श्रेष्ठले अन्य टोलीभन्दा भारत बलियो भएको बताउँदै उनीहरुलाई पराजित गरेर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य छ भन्नुभयो । उहाँले अर्को महिना नेपालमै हुने एएफसी १६ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीलाई यस प्रतियोगिताले सहयोग पुग्ने भनाइ व्यक्त गर्नुभयो । नेपाली टोलीका कप्तानमा रोशन थापा मगर छन् । टोलीका अधिकांश खेलाडी एन्फा एकेडेमीका हुन् । समूह ‘बी’मा रहेको नेपालले आफ्नो पहिलो खेल भने शनिबार माल्दिभ्ससँग खेल्दै उद्घाटन गर्नेछ । नेपालको समूहमा माल्दिभ्स र भारत छन् । त्यस्तै समूह ‘ए’मा भने बंगलादेश, भुटान र श्रीलंका छन् ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा पाकिस्तानले भने सहभागिता जनाएको छैन । गत वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु–१५ च्याम्पियनसिपको आयोजना गर्न लागेको हो ।
गौरिका र जोहनाको राष्ट्रिय कीर्तिमान
नेपाल पौडी संघको आयोजनामा भएको राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीबाज गौरिका सिंह र जोहना लामाले नयाँ राष्ट्रिय र्कीिर्तमान कायम गरेका छन् ।
सातदोबाटोस्थित अन्तरराष्ट्रिय पौडी पोखरीमा आजदेखि सुरु भएको उक्त प्रतियोगिताको ५० मि बटरफ्लाई स्पर्धामा गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् । पचास मि बटरफ्लाइको हिट चरणमा उनले २९।०४ सेकेण्ड समय खर्चदै दूरी पार गरेकी हुन् । नेपाली सेनाबाट प्रतिनिनित्व गर्दै खेलेकी गौरिकाल भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगितामा एक रजत र तीन कास्यपदक हात पारेकी थिइन् । यसअघि उक्त कीर्तिमान पौडीबाज शोफिया शाहका नाममा थियो । शोफियाले सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२।०६ सेकेण्ड समय खर्चँदै दूरी पार गरेकी थिइन् । त्यसैगरी एपिएफकी जोहनाले दुई सय मि ब्रेस्टस्ट्रोकमा विविधा रिमालका नाममा रहेको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । उनले ३ मि ०७।२२ से खर्चँदै दूरी पूरा गरिन् । यसअघि श्रीलंकामा सन् २००६ मा भएको दशौँ सागमा विविधाले ३ मिनेट १२।८३ सेकेन्ड समय लगाएर दूरी पार गरेकी थिइन् ।
विभिन्न २९ स्पर्धामा खेलाइएको दुईदिने उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रसहित आर्मी, पुलिस र एपिएफका १४४ खेलाडीको सहभागिता छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?