मेस्सीको ह्याट्रीक, अर्जेन्टिना विश्वकप २०१८ को लागि छनोट


मेस्सी र अर्जेन्टिनाविनाको विश्वकप २०१८ हुने हो कि भन्ने आशंकाहरुलाई चिर्दै अर्जेन्टिा रुसमा हुने विश्वकपमा सहभागी हुने निश्चित भएको छ । मेस्सीले ह्याट्रीकको सहायताले ईक्वेडरलाई तीन एकको अन्तरमा पराजित गर्न सफल भएपछि अर्जेन्टिनाभरि यतिबेला खुशी छाएको छ । खेल सुरु भएको केही मिनेटमा नै ईक्वेडरले एक गोल गरेको थियो । यसबाट सम्पूर्ण अर्जेन्टिना समर्थक निरास बनेको अवस्थामा ८ मिनेटको अन्तरमा नै दुई गोल फर्काएर मेस्सीले आफुलाई पुनः एकपटक प्रमाणित गरिदिएका छन् । यति मात्र होइन, दोश्रो हाफमा पुनः अर्को एक गोल थप्दै तीन एकको अन्तरमा टिमलाई विजयी गराउन सफल भएका छन् । अर्जेन्टिनासँगै छनोटको अन्तिम दिनको खेलपछि उरुग्वे र कोलम्बिया पनि विश्वकपमा छनोट हुन सफल रह्यो । अंक तालिकामा उरुग्वे दोस्रो तथा कोलम्बिया चौथो स्थानमा रह्यो ।
उरुग्वेले बोलिभियालाई ४–२ ले हरायो भने कोलम्बियाले पेरुसँग १–१ को बराबरी खेल्यो । पेरु भने पाँचौं स्थानमा रह्यो र प्ले अफका लागि छनोट भयो । दुई पल्टको कोपा अमेरिका विजेता चिली भने विश्वकप छनोटबाट बाहिरिएको छ । ब्राजिलले चिलीलाई ३–० ले हरायो । ब्राजिल यसअघि नै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छनोट भइसकेको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?