अभिभावकहरुको सम्मानमा क्यानवेरामा बनभोज


नेपालबाट क्यान्वेरा र क्विनबियन अवस्थित आफ्ना सन्तान भेट्न आएका अभिभावकहरुलाई लक्षित गरि गैरआवासीय नेपाली संघ अष्ट्रेलिया ए.सी.टी. (अष्ट्रेलियन क्यापिटल टेरिटोरि) राज्य समितिले आयोजना गर्रेको बनभोज तथा सम्मान कार्यक्रम शनिवार सफलताका साथ सम्पन्न भयों । अष्ट्रेलियाका लागि नेपाली राजदूत  लक्की शेर्पाको प्रमुख आतिथ्यमा शनिवार आयोजित एक कार्यक्रम बीच पारिवारिक भ्रमणमा रहेका करिब ६० जना अभिभावकहरूलाई सम्मान गरिएको हो । । कार्यक्रमको प्रमुख अतिथि राजदूत लक्की शेर्पाले पारिवारिक भ्रमणमा रहेका नेपाली अभिभावकहरूलाई विदेशी भूमीमा भेंट्न पाएकोमा खुशि व्यक्त गर्दै गैरआवसीय नेपाली संघ क्यान्वेरा द्वारा आयोजीत कार्यक्रम मार्फ़त अभिभावकहरु संग न्यायो माया र आतिथ्यता साट्दाको क्षण अविस्मरणीय रहेको बताउनु भयों। ग़ैर आवासीय नेपाली संघ ए.सी.टी. संयोजक राजन ढुंगेलले अभिभावकहरुको स्वागत तथा स्थानीय नेपाली समूदाय बीच भाइचारा बढाउनु कार्यक्रमको प्रमुख उदेश्य भएको बताउदै डा।महाविर पुनद्वारा नेपालमा स्थापित राष्ट्रिय अनुसन्धान केन्द्रका बारेमा पनि जानकारी गराउनु भएको थियो । अभिभावकहरुको साथ क्यानबेरामा बसोबास गर्ने नेपालीहरुको पनि उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अभिभावक र सर्व साधरणले कार्यक्रम फलदायक भएको र यस्तै खाले कार्यक्रमहरु आगामी दीनहरुमा पनि आयोजना होवस् भन्ने चाहना व्यक्त गरेका थिए। -प्रदीप तिमल्सिना/ क्यान्वेरा 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?