एक दिवसीय नेत्रहीन क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित !
पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको जिन्नाह स्टेडियमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल पाकिस्तानसँग टि–२० र एकदिवसीयमा पराजित हुँदै आएको छ ।
त्यस्तै पाकिस्तानले सोमबार लाहोरमा भएको पहिलो खेलमा बंगलदेशमाथि ९ विकेटको जित निकालेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई २५९ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रेको पाकिस्तानले १९ दशमलव १ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । पाकिस्तानको लागि बदानर मुनिरले शतक प्रहार गरे । उनले ५९ बल खेलेर १२६ रन जोडे । त्यस्तै महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा अविजित रहे । नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २५८ रनको योगफल बनाएको थियो । नेपालका लागि रमेशबहादुर बानियाले सर्वाधिक ५९ रनको योगदान दिए । यस्तै पदक बडैलाले ५०, बद्री चौलागाइले ४९, खिमानन्द गैरेले ३० तथा भरत थापाले ११ रनको योगदान दिए । नेपालले आफनो दोस्रो खेल बुधबार बंगलादेश खेल्नेछ ।