नेपालमा गैरकानूनी रुपमा काम गर्ने अष्ट्रेलियन नागरिक पक्राउ, अनुसन्धान हुँदै


नेपालमा पर्यटक भिसामा गई गैरकानूनी रुपले काम गरिरहेको अवस्थामा एक अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको छ । यसरी पक्राउ पर्नेमा ३९ वर्षीय सारा केम्प रहेकी छिन् । उनी सिड्नीमा चिकित्सकको रुपमा काम गर्दै आएकी थिइन् । नेपालमा घुम्न गएको बेला उनले अवैधानिक रुपमा एक नर्सिङ होममा काम गरेकी थिइन् । उनकोमा बिरामीहरु जाँच गराउन आउने गरेको र उनले त्यस वापत ५ हजार रुपैयाँ समेत लिने गरेकी थिइन् । एक पटक जाँच गरेको उनको रेट नै यति थियो । नेपालीहरुको उपचारभन्दा काठमाडौं ट्राभल मेडिसिन क्लिनिकमा विदेशी र कुटनीतिक नियोगका अधिकारीहरु उपचार गराउन आउने गरेका थिए । उक्त क्लिनिकका निर्देशकको धन्दा नै विदेशबाट आएका चिकित्सकहरुलाई काम गर्न दिने र उनीहरुलाई त्यस वापत घण्टाको हिसाबमा पैसा तिर्ने थियो । र, यहाँ देखाउनेहरु पनि विदेशीहरु नै रहेका थिए । केही समय अघि नेपालमा प्रहरीले गरेको अपरेशनका क्रममा १७ जना विदेशी पक्राउ परेका थिए । यी १७ विदेशीमध्ये एक अष्ट्रेलियन नागरिक पनि परेका कारण यतिबेला काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले उनलाई कानूनी सहायता उपलब्ध गराइरहेको जनाएको छ । नेपालको सीबीआईका निर्देशक पुस्कर कार्कीले नेपालको अध्यागमन सम्बन्धी कानूनको उल्लंघन गरेको आरोपमा निजहरुलाई कारवाही अघि बढाइएको छ । उनीहरुलाई केही समयको जेल सजाय समेत हुन सक्नेछ भने देश निकाला गर्ने त पक्कापक्की नै छ । अर्कोपटक भिसा लिनका लागि पनि उनीहरुलाई समस्या हुनसक्छ । मेडिकल प्राक्टिसको सबालमा भने उनीहरुलाई दोषी ठहर गरिएको अवस्थामा तीनवर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?