२१ वर्षअघिको चरेस तस्करी मुद्दामा एभरेष्ट होटलका सञ्चालक पक्राउ


लागूऔषध तस्करी मुद्दामा पक्राउ परेका एभरेष्ट होटलमा सञ्चालक मस्कुर अहमद लारीलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ। उनी पक्राउ परेलगत्तै उनलाई छाड्न भन्दै उच्च पदस्थ व्यक्तिहरुले प्रहरीलाई दबाब दिएका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई पक्राउ गरेको हो। २१ वर्षअघिको लारीविरुद्ध चरेस तस्करीको मुद्दा चलेको थियो। 

१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामद भएको थियो। उक्त चरेस लारीले पठाएको अनुसन्धानमा खुलेको थियो।  प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो। तर जिल्लाले उक्त मुद्दा जगाउँदै पुन सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो। लारी फरार रहदै आएका थिए।
लारीले एभरेष्ट होटलको शेयरसम्बन्धि मुद्दा दुई दिनअघि मात्र जितेका थिए। उनको होटल  भने २०७२ साल बैशाखको भूकम्पयता बन्द छ। पक्राउ परेलगत्तै उनलाई छाड्न भन्दै एआईजी जयबहादुर चन्द तथा काठमाडौं परिसरका एसएसपी रविन्द्र धानुकलाई उच्च पदस्थ व्यक्तिहरुले दबाब दिइरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?