अमेरिकी राष्ट्रपति ट्रम्पका पुत्र भारतको निजी भ्रमणमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन् । भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनको सहभागिता रहेनछ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नेछन् ।
राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्नेछन् । राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागिएको छ । भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । “अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उहाँलाई त्यही अनुसारको व्यवहार गरेको छ,” एक अधिकारीले भने । भेटवार्ता गर्ने कार्यक्रम छ । “अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उहाँलाई त्यही अनुसारको व्यवहार गरेको छ,” एक अधिकारीले भने ।