नेपालले एकदिवसीय अस्थायी मान्यता पाएपछि हुने फाईदा यस्ता छन्
विश्वकप छनोट चरणमा नेपालले पपुवा न्यूगिनीलाई हराएपछि र प्लेअफ खेलमा नेदरल्याण्डसँग हङकङ हारेपछि नेपालसहित नेपाल, नेदरल्याण्डस्, स्कटल्याण्ड र युएईले सन् २०२२ सम्मको लागि अस्थायी एकदिवसीय मान्इता पाएका छन् । यो मान्यता पाएपछि यी देशहरुले अब क्रिकेटमा फड्को मार्ने नयाँ अवसर पाएका छन् । सबैभन्दा ठूलो कुरा त वार्षिक ७ करोडभन्दा बढी आईसीसीले यी देशहरुलाई उपलब्ध गराउनेछ । योभन्दा बढी यी देशहरुले अब एकदिवसीय मान्इता पाएका १२ राष्ट्रहरुसँग खेल्न सक्नेछन् । अब अष्ट्रेलिया र नेपालको राष्ट्रिय क्रिकेट टिमबीचको खेल भइरहेको हेर्न पाउने दिन धेरै छैन । यस्तै भारत, पाकिस्तान लगायतका देशहरुसँग पनि नेपालले खेल्न पाउनेछ । यसरी खेलमा राम्रो प्रदर्शन गर्दै गएको अवस्थामा नेपालले टेष्ट राष्ट्रको समेत मान्यता पाउनेछ । नेपालले एकदिसीय क्रिकेट राष्ट्रको मान्यता पाएप्छि अब ईन्टरकन्टिनेन्टल कप खेल्ने अवसर प्राप्त गर्नेछ । यस्तै ठूला देशहरुसँग दुईपक्षीय सिरिजहरुको आयोजना समेत गर्न सक्नेछ । तर, यी सबै कार्यका लागि नेपालको क्रिकेट एशोसिएसन सक्रिय बन्नुपर्नेछ । अहिले भने आईसीसीले नेपाली क्रिकेट एशोसिएसनलाई निलम्बन गरेको अवस्था छ । क्रिकेटमा राम्रो सम्भावनासहित विश्वमञ्चमा देखिएका नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्ने हो भने यसले नयाँ नतिजा निकाल्न सक्ने सम्भावनालाई बेलैमा सरकारले ध्यान दिन आवश्यक छ ।