यस पटक पनि विश्वकप जिताउन नसके राष्ट्रिय टोलीबाट बाहिरिने मेस्सीको संकेत
अहिलेको फुटबल युगमा उत्कृष्ट फुटबलर मध्यका एक लियोनल मेस्सीले आफ्नो देश अर्जेन्टीनाले रसिया विश्वकप जित्न नसके आफु राष्ट्रिय टिमबाट अलग हुनु उचित रहेको बताएका छन्।बार्सिलोनाका स्टार मेस्सीले कोनिसासँगको एक अन्तर्वातामा भनेका छन् आउदो रसिया विश्वकप हामीले जिताउन सकेनौ भने राष्ट्रिय टिमबाट अलग हुनु अचित हुन्छ।
रसिया विश्वकपमा अर्जेन्टिना समूह डी मा रहेको छ । अर्जेन्टिनासँगै आइल्यान्ड, क्रोएसिया र नाइजेरिया रहेका छन्। फुटबल क्लब बार्सिलोनाबाट मेस्सीले धेरैजसौ अन्तर्राष्ट्रिय उपाधि जिते पनि राष्ट्रिय टिमबाट भने अहिलेसम्म महत्वपूर्ण उपाधि जितेका छैनन्। उनले सन् २०१४ को ब्राजिलमा भएको विश्वकपमा आफ्नो देशलाई फाइनलसम्म पुर्याउन सफल भए पनि उपाधि दिलाउन सकेका थिएनन्। अर्जेन्टिना फाइनल खेलमा जर्मनीसँग १–० ले पराजित भएको थियो।
२०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलिसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेस्सीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका थिए । तर दुई महिनापछि उनले आफ्नो घोषणालाई फिर्ता लिँदै विश्वकप छनोटका लागि टोलीमा समावेश भएका थिए ।